फाइल तस्वीर
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको पेशी सोमबार पुनः स्थगित भएको छ । सन्दीपका कानून व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार न्यायाधीश उपस्थित हुन नसकेपछि आज सोमबारको लागि तोकिएको पेशी स्थगित भएको हो ।
सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको थियो । सन्दीपको मुद्दा नवौं नम्बरमा रहेको भए पनि न्यायाधीश अनुपस्थित भएपछि आज सुनुवाइ हुन सकेन । सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालतले उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो ।
सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिममा अनुबन्धन गरेको छ । सन्दीय यतिबेला राष्ट्रको प्रतिनिधित्व गर्दै काठमाडौंमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ प्रतियोगिता खेलिरहेका छन् ।