काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री डा. मधुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमन्त्री, बुद्धिजीवी एवम् मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएको छ –‘पूर्व स्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’ ‘डा.श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा हार्दिक समवेदना प्रकट गर्दछु ।’