काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक आज अपहान्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
बैठकमा यहि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गरिने भएको छ । सत्ता गठबन्धनमा आवद्ध प्रमुख दल एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरेको छ भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ ।
सोही विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बस्न लागेको बताइएको छ ।