फाइल तस्वीर

काठमाडौं – आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाउन थालिएको हो ।
सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अध्यक्षतामा मुल समारोह मनाउँदै आएको छ । यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

काठमाडौंको टुडिखेलमा विशेष समारोह आयोजना गरिन्छ भने विदेशी नियोगहरूमा पनि राष्ट्रिय झन्डा फहराईने गर्दै आएको छ । गत २४ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो। जसले ७ फागुनको प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ भने विदेशी नियोगमा पनि राष्ट्रिय झन्डा फहराउने चलन रहेको छ ।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवप्रसाद घिमिरेलगायत संवैधानिक निकायका प्रमुखले शुभकामना दिनुभएको छ ।