काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्ता सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुग्नुभएको हो ।
उहाँहरुबीच भएको भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको बताइएको छ । भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने दाबी गर्दै आफूहरु एकै ठाउँमा रहेको र राष्ट्रपति निर्वाचनबारे केही दिनमा निष्कर्षमा पुग्ने बताउनुभयो ।

दाहालले गठबन्धन कायम रहने उल्लेख गर्दै भन्नुभयो, ‘गठबन्धन कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्ने भत्कने कुरै छैन।’