फाइल तस्वीर
काठमाडौं – राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा स्वीकार गर्ने काङ्ग्रेसले बताएको छ । उक्त कुराको सङ्केत प्रवक्ता डा. प्रकाशशरण महतले खुलासा गर्नुभएको हो ।
राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन गरेको खण्डमा काङ्ग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्न सकिने बताउनु भएको छ ।
देशको तरल राजनीतिक अवस्थालाई लिकमा हिडाउन र संविधान रक्षाका लागि काङ्ग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद पनि महत्वपूर्ण भएको महतले नेता डा. महतले बताउनुभयो ।
राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प हो भन्नुहुँदै नेता महतले राष्ट्रिय सहमतिका लागि सत्तारुढ दल नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरु एक भएर नेपाली काङ्ग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न आग्रह गर्नुभएको छ ।
नेपाली काङ्ग्रेसका लागि राष्ट्रपति हुने वा नहुने भन्ने कुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्नेकुरा महत्वपूर्ण रहेको बताउनुभयो । काङ्ग्रेस प्रवक्ता महतले ‘अहिलेको परिवेशमा काङ्ग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वभाविक हुन्छ । संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुने बताउँदै वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन’— भन्नुभयो ।
एमाले पार्टी र स्वयम पार्टी अध्यक्ष केपी शर्मा ओलीजीले वर्तमान प्रतिनिधिसभाको पहिलो बैठकमा नै संसद् विघटनको विषयलाई मुल विषय बनाउनु भएको हुँदा त्यस सन्दर्भमा पनि राष्ट्रपति नेपाली काङ्ग्रेसको हुनु राम्रो हुने धारणा राख्नुभयो ।
राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसकेमा यो संविधानको रक्षाको पक्षधर पार्टीहरु सबै एक ठाउँमा उभिएर काङ्ग्रेसको उम्मेदवारलाई विजयी बनाउन सबैलाई आग्रह गर्नुभयो । राष्ट्रपतिको निर्वाचन संविधान पक्षधर र संविधानको खिलाफमा रहेका दलहरुबीचको कित्ता छुट्टिने भन्दै राष्ट्रिय सहमति जुट्न नसके नेपाली काङ्ग्रेसको राष्ट्रपतिका उम्मेदवारलाई संविधान पक्षधरहरुले निर्वाचित गराएर गणतन्त्र र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।