फाइल तस्वीर
काठमाडौं — प्रयोजन विपरीत शेयर राइडिङ सञ्चालन गर्ने १७ वटा दुई पाङ्ग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत शेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिनुभयो । ‘कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्’, उहाँले भन्नुभयो, ‘इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।’

निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिक रूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ । उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले गुनासो आएका आधारमा कारबाही गरिएको बताउनुभयो । रासस