फाइल तस्वीर
काठमाडौं — सरकारी स्वामित्वको संस्था नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन(आइओसी)सँग खरिद गर्दै आएको पेट्रोलियम पदार्थको मुल्य घटेको छ । निगमकाअनुसार आइओसीले पठाएको नयाँमूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९७ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटाएरको छ ।

हरेक १५ दिनमा नयाँ मूल्य कायम गर्ने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरसनको सम्झौता बमोजिम आज १६ तारिखमा नयाँ मूल्य आएको निगमले जनाएको छ ।

अहिले पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर, डिजेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेको छ । तर निगमले अझै घाटामा रहेको बताउँदै आएको छ । निगमले इण्डियन आयल निगमलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।