फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ । निर्वाचन दिउँसो ३ बजेबाट सुरुभएको निर्वाचन कमिटीले बताएको हो ।
अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलन फागुन २ गतेबाट सुरु भएको हो । नयाँ नेतृत्वका लागि सहमति जुटाउने प्रयास विफल भएपछि आज निर्वाचन गर्नुभएको आयोजक कमिटीले बताएको छ । निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग गरिएको छ ।
अनेरास्ववियुको नयाँ नेतृत्वको आकाङ्क्षीमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक र महासचिव समिक बडाल रहेकाछन् । अनेरास्ववियुको अध्यक्षमा राष्ट्रिय सम्मेलनले यी तीन प्रतिस्पर्धिबाट एक जना निर्वाचित गर्नेछ । निर्वाचनबाट १७ पदाधिकारीसहित केन्द्रीय कमिटीमा १९९ जना सदस्य चयन हुनेछन् ।
अनेरास्ववियुको राष्ट्रिय सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।