फाइल तस्वीर
काठमाडौं — सत्ता गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशन समितिको बैठक बस्दैछ । बैठक निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी अध्यक्षतामा बस्न लागेको हो ।
देशको समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण गर्दै बैठक केहीबेरमा सुरु हुने तयारी भैरको बताइएको छ । यो समितिलाई पार्टीको नीतिगत निर्णय गर्ने, मन्त्रिपरिषद् सिफारिस, राजनीतिक नियुक्तमा पार्टीबाट सिफारिस गर्ने अधिकार रहेको छ । पार्टीले राजनीतिक नियुक्तिका लागि समेत छलफल गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।