काठमाडौं — नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
यसरी शपथ ग्रहण गर्नुहुनेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली रहनुभएको छ । सो अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले उहाँहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।