काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल छिमेकी राष्ट्र भारत जाने हुनभएको छ । भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै नेता खनाल आज बिहिबार पटना, भारत जान लाग्नुभएको हो ।
उहाँको सचिवालयले जनाए अनुसार एकीकृत समाजवादीका सम्मानित नेता खनाल अहिले बिहान १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नुभएको हो ।
दुई दिने भारत भ्रमणका क्रममा उहाँले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।
नेपालमा राष्ट्रपति निर्वाचन पेचिलो बनिरहेका बेला राष्ट्रपतिका आकांक्षीसमेत रहेका खनालको भारत भ्रमणलाई विशेष अर्थका रुपमा हेरिएको छ।