फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीको घरमा खाना पकाउने एलपी ग्यास विस्फोट भएको छ । भण्डारीको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर विस्फोट भएको हो । विस्फोटका कारण सांसद भण्डारीसहित उहाँकी ८६ वर्षकी आमा गम्भीर घाइते हुनु भएको भण्डारीको सचिवालयले जनाएको छ ।

ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उहाँकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ ।