काठमाडौं — प्रतिनिधिसभाको बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा ११ बजेदेखि बैठक सुरु भएको हो ।
बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदैछ ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश गर्नुहुनेछ ।
यसैगरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचरा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।