फाइल तस्वीर
कास्की – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेलाई दिए मुलुकमा विग्रह उत्पन्न हुने बताउनु भएको छ । अध्यक्ष नेपालले पोखरामा पत्रकारहरुसँग कुरा गर्दै एमालेको राष्ट्रपति भए बर्बाद हुने बताउनु भएको हो ।
नेता नेपालले बुधबार बिहान पोखरामा भएको पत्रकार सम्मलेनमा ‘अहिले सभामुख एमालेको छ । राष्ट्रियसभा अध्यक्ष पनि एमालेकै छ । राष्ट्रपति पनि एमालेलाई नै दिए बर्बाद हुन्छ’ भन्नुहुँदै राजनीतिक सन्तुलन मिलाउनका लागि पनि एमालेलाई राष्ट्रपति दिन नहुने जिकिर गर्नुभयो ।
अध्यक्ष नेपालले ‘ राजनीतिक सन्तुलन मिलाइयो भने गलत प्रवृत्ति जन्मिन हुर्किन पाउँदैन । जन्मिहालेको छ भने हुर्किन पाउँदैन’ भन्नुभयो । संविधानको रक्षा गर्न सक्ने मान्छे राष्ट्रपति हुनुपर्नेमा जोड दिंदै ‘संविधानको रक्षा गर्न सक्ने मान्छे चाहियो, परिवर्तनको रक्षा गर्न सक्ने मान्छे चाहियो। त्यस्तो पात्र को हुन सक्छरु खोजी जारी छ’ – अध्यक्ष नेपालले भन्नुभयो ।
के एकीकृत समाजवादी पनि राष्ट्रपतिमा उम्मेदवारी दिन्छ रु भन्ने प्रश्नको जवाफमा एकीकृत समाजवादीले हारे पनि जित्ने भएपनि हावा तालमा राष्ट्रपतिमा उम्मेदवारी दिंदैन भन्नुभयो । ‘हामीले जिते पनि हारे पनि उम्मेदवारी दिँदैनौं । सहमति नभएसम्म हामी दिँदैनौं । कोही– कोही हुन्छन् जिते पनि हारे पनि उम्मेदवारी खडा हुन्छन् । तर हाम्रो पार्टीले जिते पनि हारे पनि उम्मेदवारी दिने छैन’, अध्यक्ष नेपालको दावी थियो ।