दाङ – राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदै हुनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि आज बुधबार राष्ट्रपति भण्डारी दाङ जान लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बेलझुण्डीमा २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा निर्माण सम्पन्न भएको आयुर्वेद शिक्षण भवनमा एक सय आठ कोठा रहेका छन् । निर्माण कम्पनीले वि.सं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो।

सो भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ ।