काठमाडौं — प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मा र उपसहायक विदेशमन्त्री अख्तरबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

उहाँहरुबीच भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जङ्गी अड्डाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाको विश्वास छ ।