काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक जारी रहेको छ । सङ्घीय संसद्मा आज मङ्गलबार अपराह्न ४ बजेर १ मिनेटमा बैठक सुरु भएको हो । आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्थ–वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनुहुने छ ।

त्यस्तै, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’सभासमक्ष पेश गर्नुहुने छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि अपराह्न ४ बजेर १ मिनेटमा नै बैठक बस्ने गरी निर्धारण गर्नुभएको महासचिव गौतमले बताउनुभयो ।