काठमाडौं– राप्रपा अध्यक्षसमेत रहनुभएका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सिंहदरबारस्थित मन्त्रालयमा आज मङ्गलबार दिउँसो उपप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको हो ।
उहाँहरुबीच भएको भेटमा ऊर्जा क्षेत्रको विकासलगायत द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ । यसअघि आज मङ्गलबार बिहान विदेश सचिव क्वात्राले एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग कोटेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।