काठमाडौं — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । एस अध्यक्ष नेपाललाई भेट्न विदेश सचिव क्वात्रा नेपालको निजी निवास कोटेश्वरमा पुग्नुभएको हो ।

उहाँहरुबीच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

हिजो बिहान काठमाडौं आइपुग्नुभएका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टचार भेट गर्नुभएको थियो ।