प्रधानमन्त्रीको निजी सचिवालय, तस्वीर


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कोरियाली राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङेबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज मङ्गलबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र कोरियाली विशेष दूतबीच भएको भेटमा नेपाल र कोरियाको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउनेबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।