काठमाडौं — सरकार र यातायात मजदुर तथा व्यवसायीबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सुरु भएको वार्तामा मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ । यस्तैगरी यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति रहेको छ ।

बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले यातायात व्यवसायीलाई वार्तामा बोलाएको हो । वार्ता बढाइएको ट्राफिक जरिवानालगायत मागहरू र आन्दोलन फिर्ता गर्ने विषयमा छलफल केन्द्रित भएको छ ।