फाइल तस्वीर

काठमाडौं – नेपालमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यसैगरी, राती प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।