काठमाडौं — यातायात मजदुर सङ्गठनहरूले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका सवारी साधन नचलाउने घोषणा गरेका छन् । ट्राफिक नियमको विरोध गर्दै तीनवटा मजदुर सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विभिन्न १० बुँदे माग राखेर आन्दोलनको घोषणा गरेका हुन् ।