फाइल तस्वीर
काठमाडौं — उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी नेपाल औषधि लिमिटेडको लागि महाप्रबन्धक पदमा दरखास्ता आह्वान गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरी महाप्रबन्धक पदको लागि विज्ञापन सार्वजनिक गरेको हो ।
मन्त्रालयबाट दरखास्ता आह्वान गरिएको विज्ञापनमा महाप्रबन्धकका लागि फार्मेसी वा प्रशासन विषय, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।