काठमाडौं — परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरवारमा परराष्ट्रमन्त्री पौड्याल र राजदूत टोरनबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।

सो भेटवार्ताका अवसरमा परराष्ट्र मन्त्री पौड्यालले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि नर्वेजियन सरकारलाई धन्यवाद दिनुभएको थियो ।
राजदूत ड्राम्डलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ विस्तार गर्ने बताउनुभयो ।