सुर्खेत — सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आज जनयुद्ध दिवसका दिन गेटाको उद्घाटन गर्दै हुनुहुन्छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर क्षेत्रको भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजको उद्घाटन गर्न लाग्नुभएको हो ।

यसअघि आइतबार सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग प्रधानमन्त्री प्रचण्डले यसबारे छलफल गर्नुभएको थियो । मन्त्रिपरिषद् बैठकमा प्रचण्डले राख्नुभएको सो प्रस्तावले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।