काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दैछ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुने बताइएको छ ।

रास्वपाको केन्द्रीय समितिमा २४ सदस्य छन् । रास्वपाले आजको बैठकमा केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे निर्णय हुन सक्ने बताएको छ यस्तै, बैठकमा रास्वपाले चितवन–२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सन गरेर छान्ने र अन्य समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुने जनाएको छ ।