काठमाडौं — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जनयुद्धको योगदानबाट मुलुकले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै सुशासन र समृद्धिको जग बसाउने ऐतिहासिक दायित्व नयाँ पुस्ताको काँधमा आइपुगेको बताउनुभएको छ । २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सिंहले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको जिकिर गर्नुभएको हो ।

क्रान्तिकारी अध्यक्ष सिंहले, ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२–६३ को संयुक्त जनआन्दोलन पश्चात् मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुई मत हुनै सक्दैन’ –भन्नुभयो ।

उहाँले २८औँ जनयुद्ध दिवसको सन्दर्भमा न्याय समानता र स्वतन्त्रता प्राप्तिको लागि त्याग समर्पण र बलिदानको कीर्तिमान खडा गरेको युवा पुस्ता आजको बदलिँदो सन्दर्भमा सुशासन, समृद्धि र स्थायित्वको जग बसाउन राष्ट्रिय दायित्व बोकेर अगाडि बढ्ने सामूहिक सङ्कल्प जरुरी रहेको औँल्याउनुभयो ।

330415229_449571717310827_9055178616724616553_n (1)