काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४ औँ संस्करणमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
मन्त्री उप्रेतीका साथ नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी हुनुहुन्छ ।