काठमाडौं — बागमती प्रदेश सरकारले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार भोलि फागुन १ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा रहने बताइएको छ ।