काठमाडौं – सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजे बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्नुहुने लगायत सम्भावित कार्यसूची रहेको छ ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरेपछि स्थगित भएको बैठक आजका लागि तोकिएको थियो ।