साङ्केतिक तस्वीर


काठमाडौंं — आज शनिबार देशभरको मौसम सामन्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य रहेकोले प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । एक–दुई स्थानहरूमा लागेको हुस्सु मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाको भनाइ छ ।

यस्तै भोलि आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बिहानको समयमा तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्यान्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने छ । हुस्सुको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पार्न सक्नेहुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।