फाइल तस्वीर
काठमाडौं — नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नेभन्दै नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरुबीच पार्टी एकता गर्ने विषयमा पहल सुरु गरिएको छ । विभिन्न चिराचिरामा विभाजित स–साना कम्युनिस्ट घटकहरुबीच एकता गर्ने प्रयार गरिएको हो ।
नेत्रविक्रम चन्दै ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकीले नेतृत्व गर्नुभएको नेकपा समाजवादी माओवादीबीच पार्टी एकताको पहल भएको हो ।
महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको चार पार्टीहरुको संयुक्त बैठकले पार्टी एकता वा संयुक्त मोर्चा के गर्ने भन्ने विषयमा छलफल गर्न आगामी फागुन १५ गते बैठक बस्ने निर्णय समेत गरेको छ ।
विप्लप नेतृत्वको नेकपाले अघिल्लो साता देशका दुई ठूला कम्युनिस्ट दल एमाले र माओवादी केन्द्रका अध्यक्षहरुलाई भेटेर वृहत्त कम्युनिस्ट एकता गर्नुपर्ने बताएका थिए ।