फाइल तस्वीर

काठमाडौं — शिक्षक सेवा आयोगले निम्नमाध्यमिक विद्यालयका लागि शिक्षकको विज्ञापन प्रकाशित गरेको छ । विद्यालयमा रिक्त रहेको मध्ये ६८६ जना शिक्षकको लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो ।

आयोगद्वारा आज शुक्रबार प्रकाशित विज्ञापनअनुसार निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गदैै स्थायी शिक्षक पदपूर्तिको प्रक्रिया सुरु गरेको छ । आयोगले सामुदायिक विद्यालयको शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गनै यो विज्ञापन गरेको हो ।

आयोगले यस अघि माध्यमिक विद्यालयमा रिक्त शिक्षक पदको लागि आवेदन दिन विज्ञापन प्रकाशित गरेको थियो । सरकारी विद्यालयमा शिक्षकहरुको धेरै दरबन्दी रिक्त छ ।