काठमाडौं — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा बिहानीपख हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।