काठमाडौं — उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । हिजो तय भएको बैठक अहिले बिहान ९ बजे बस्न लागेको हो ।
बिहीबार बोलाइएको बैठक नेताहरूको कार्यव्यस्ताको कारण देखाउँदै स्थगित गरिएको थियो । बैठक स्थगीत गरेर बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको थियो ।
हिजो सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयन्त्रको आज बिहान ९ बजे बस्ने जानकारी गराउनु भएको थियो ।
संयन्त्रको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र सरकारको कार्यसम्पादनमाथि छलफल हुने बताइएको छ ।