फाइल तस्वीर

काठमाडौं — उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । आज बिहीबार दिउँसोे ३ बजेका लागि बोलाइएको बैठक भोलि बिहान बस्ने गरी स्थगित भएको हो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

भेटवार्ता पछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि शुक्रबार बिहान ९ बजे बस्ने जानकारी दिनुभएको हो ।