काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादी केन्द्रको हिजो बुधवार बसेको स्थायी समिति बैठकले पार्टी महाधिवेशन सम्पन्न भएको एक वर्षपछि स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समिति समेतलाई पूर्णता दिएको हो ।

माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको पनि जनाइएको छ । जसअनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन् । साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत समेत गरेको छ ।

यस्तै, बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ । केन्द्रिय समितिले पुर्णता पाएसँगै आजै साँझ भर्चुअल माध्यमबाट केन्द्रिय समिति बैठक पनि आह्वान गरिएको छ ।
पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिमा रहेका सदस्यहरुको सूचीः