पाइल तस्वीर
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाकाअनुसार बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीको बुधबारको भेटले आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय गरेको थियो । तर, समय र स्थान तय नहुँदा अनिश्चित जस्तै भएको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा दिउँसो ३ बजे बस्ने भएको हो ।