फाइल तस्वीर

काठमाडौं – सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । बुधबार अध्यक्ष ओलीको बालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तापछि आज संयन्त्रको बैठक बस्न लागेको हो ।

भेटमा दुवै नेताबीच संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । बैठकमा राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।


प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।