काठमाडौं — नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार भोलि बिहीबारका लागि बोलाइएको संसदीय दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते अर्थात् गत आइतबार बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।