मतगणनाको लागि मतपत्र मिलाउँदै कर्मचारी, तस्वीर

घोराही — राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनको मतदानको मतगणना कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने रिक्त एक सदस्यको लागि आज बुधबार निर्वाचन भएको हो ।

निर्वाचनमा तीन सय ४ मत खसेको थियो प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । तीन सय ५ मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनुभएन । सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तहमा निर्वाचित हुनुभएको थियोे ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख दुई सय १७ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी गराउनुभएको छ ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली काङग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार बन्नुभएको छ ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना सांसद् र स्थानीय तहका प्रमुख÷उपप्रमुख दुई सय १७ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।