फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज बुधबार दिउँसो पत्रकार सम्मेलन गर्नेभएका छन् । सो पार्टीका अनुसार विभिन्न विषयमा जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्न लागेको हो ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौता र पछिल्ला काम–कारवाहीका बारेमा पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ ।

महासचिव विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेट्नु भएको थियो ।