फाइल तस्वीर

काठमाडौँ – नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै सर्वाेच्च अदातलमा परेको रिटको सुनवाइ आज हुँदैछ । प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध दर्ता गर्नुभएको रिट निवेदनमाथि आज सुनवाइ हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएको नेपाली काङ्ग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको थियो ।

उक्त रिटको आज माघ २५ गते पहिलो पेशी तोकिएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गर्नुभएको थियो ।