काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा फागुन ७ गते हुने प्रजातन्त्र दिवसको कार्यक्रम र सो अवसरमा हुने विभिन्न विषयमा छलफल गर्न प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक बसेको हो ।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । जसको लागि प्रधानमन्त्रीको अध्यक्षतामा मुल समारोह समिति बनेको हो । प्रजातन्त्र दिवस नजिकिँदै गर्दा समितिको बैठक बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।