फाइल तस्वीर

काठमाडौं — अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावर काठमाडौं आइपुग्नुभएको छ । युएसएआइडीकी प्रमुख सामन्था पुष्पकलम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमणमा आउने पहिलो विदेशी उच्च अधिकारी हुनुहुन्छ ।
पावरले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौडेल र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम रहेको छ ।अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग की प्रमुख पावरले नेपाल भ्रमणका क्रममा नागरिक अभियन्ताहरू, विभिन्न समुदाय, सरकारी अधिकारी र विद्यार्थीहरूसँग विभिन्न विषयमा अन्तर्क्रिरया गर्ने कार्यसूची रहेको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहनुभएकी उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुनुहुन्छ । युएस एडले जारी गरेको विज्ञप्तिमा नेपाल–अमेरिका सम्बन्धको ७५ वर्षको साझेदारीका अवसरमा पावर नेपाल भ्रमणमा आउनुभएको उल्लेख गरिएको छ ।