काठमाडौँ — जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताका लागि औपचारिक पत्र पठाएको हो ।


जसपाले गठन गरेको एकता वार्ता समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले पार्टी एकताका लागि पत्राचार गर्दै औपचारिक आह्वान गर्नुभएको हो । जसपा राजनीतिक समितिको गत पुस १८ र १९ गतेको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी एकताका लागि ठोस कदम अगाडि बढाउने निर्णय गरेको थियो ।

पार्टी एकताको सान्दर्भिकता बारे पत्रमा भनिएको छ, ‘एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेन्डाहरू स्थापित गर्न, देशलाई अग्रगमन तर्फ डो¥याउन र उत्पीडित वर्ग तथा पछाडि परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी/दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने छ’ ।

पत्रमा भनिएको छ, ‘पार्टी एकताको लागि विचारधारात्मक र सङ्गठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईँको पार्टीसँग हार्दिकतासाथ प्रस्ताव अगाडि बढाउन चाहन्छौ ।’ देशका परिवर्तनकारी राजनीतिक शक्तिहरूसामु आफ्ना माग र मुद्दाहरूलाई जनतासामु स्थापित गर्न चुनौतीहरू थपिएको जसपाले पत्रमार्फत आकलन गरेको छ । त्यस्ता चुनौतीहरूलाई सामना गर्न सही बाटो र सुदृढ सङ्गठनको आवश्यकता भएको उल्लेख गर्दै पार्टी एकताको वैचारिक आधार पहिचानसहितको सङ्घीयता र समाजवाद हुनुपर्ने भएिको छ ।

पार्टी एकीकरण सन्धर्भमा -_page-0001