फाइल तस्वीर


काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मङ्खलबार दिउँसो देशभरको मौसममा सामान्य बदली हुनेछ । देशको मौसम पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ ।
देशमा पश्चिमी वायुको प्रभाव सामान्य रहेकोले पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश नम्बर. १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज रातीको मौसम पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।