फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी आइतबार अर्थात् यहि माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रिय समिति बैठक स्थगित भएको छ ।
पार्टीका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार नेकपा एमालेको आगामी माघ २९ र फागुन १ गते हुने केन्द्रिय समितिको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको हो ।
आवश्यक तयारी नपुगेकाले बैठक स्थगित गरिएको उहाँको भनाइ छ । बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र साङ्गठनिक सुदृढीकरणबारे छलफल हुने बताइएको छ ।